शहीद परिवारको आयआर्जन बढाउन प्रदेश २ सरकारले गाई–भैँसी दिने

२३ जेठ, राजविराज । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिने घोषणा गरेका हुन् । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षमा एक–एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उनले गरे ।

मधेश आन्दोलनका क्रममा भएका शहीद भएकाहरुको आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको छ । राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उनले बताए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up