बलिउड सेलिब्रेटी जसले भोगे विदेशमा भेदभाव

बलिउडमा अधिकांश सेलिब्रेटी सुटिङ तथा छुट्टी मनाउनका लागि विदेश जाने गर्दछन् । सो क्रममा कतिपय बलिउड सेलिब्रेटीले रंगभेद खेप्नु परेको छ । भारतीय अनलाइनले रंगभेदमा परेका केही चर्चित बलिउड कलाकारबारे रिपोर्ट तयार पारेको छ ।

– प्रियंका चोपडा

रंगभेदको सिकार हुनेमा सबैभन्दा अगाडि पर्छिन्, प्रियंका चोपडा । प्रियंकाले भनेकी थिइन् कि अमेरिकामा अध्ययनका क्रममा उनलाई क्लासमेटले ‘ब्राउनी’ भनेर बोलाउँथे । उनीहरूले ब्राउनी भन्नुको कारण उनको छालाको रङ सेतो नहुनु थियो ।

– सोनम कपुर

रंगभेदको सिकार हुने सूचीमा सोनम कपुर पनि पर्छिन् । सोनमले आफैँ यस कुराको खुलासा गरेकी थिइन् । विदेशका केही कार्यक्रममा सहभागी हुन जाँदा आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गरिएको स्मरण उनको छ । गोरी नभएकाले उनलाई त्यसो भनिएको बताइन्छ ।

– शिल्पा सेट्टी

सन् २००७ मा रियालिटी सो ‘बिग ब्रदर–५’ का क्रममा शिल्पालाई अर्का प्रतिस्पर्धी जेड गुडीले तल्लो स्तरको नश्लीय टिप्पणी गरेका थिए । जब यो कुरा बाहिर आयो, तब संसारभर गुडीको आलोचना भएको थियो । पूरा विश्व शिल्पाको पक्षमा रह्यो । बिग ब्रदर शिल्पाले जितेकी थिइन् ।

– शाहरुख खान

अभिनेता शाहरुख खानले पनि रंगभेदको अनुभव गरेका छन् । शाहरुखसँग यस्तो भयो कि उनले थरका कारण दुईपटक एयरपोर्टमा रोकिनुपरेको थियो । उनलाई २०१२ मा न्युयोर्क एयरपोर्ट र २०१६ मा लस एन्जलस एयरपोर्टमा रोकेर लामो सोधपुछ गरिएको थियो । त्यतिवेला शाहरुखले आफूलाई गरिएको व्यवहारप्रति चरम असन्तुष्टि जनाएका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up