न्यु भिजन ग्रुप दक्षिण कोरियाले बृहत् सास्कृतिक कार्यक्रम गर्ने

 

हांङ् चेम्जोङ्

न्यु भिजन ग्रुप दक्षिण कोरियाले बृहत् सास्कृतिक कार्यक्रम गर्ने
न्यु भिजन ग्रुप दक्षिण कोरियाले आगामी छुसकको पहिलो दिन sep23 मा दक्षिण कोरिया बुसान-किम्हेमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने भयकोछ। संस्था का संयोजक हरि थपलियाको संयोजकत्वमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।अागामि बैठकबाट विभिन्न जिम्मेवारी बाडफाड तथा कलाकार छनोटको टुङ्गो लगाएर तयारि सुरु गर्ने र सामाजिक काममा सदैव सबै संग हातेमालो गरि अगाडि बढ्ने निर्णय भयको जानकारि सचिव दिपेन्द्र अधिकारिले दिनुभयको छ ।सदैव सामाजिक सद्भाव अनि सामाजिक कार्य गर्ने उद्देश्यले बृहत् सास्कृतिक कार्यक्रम गर्न लागिएकोले सम्पूर्ण संघ-संस्था,बुद्धिजीवी,व्यापारी बिधार्थी,पत्रकार एबम सम्पुर्ण नेपालिलाई सहयोग गरिदिनुहुन साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइ दिनु हुन हार्दिक अनुरोध गरियको छ ।बुसान,किम्हे,यांसान, गजेदो,थेगु, जिन्जु, मिर्याडं, मासान, उल्सान आदि क्षत्रलाई समेटेर कार्यक्रम गर्न लागियको संस्थापक सदस्य सन्जिव राईले बताऊनु भयो ।
उक्त कार्यक्रम भएको साझ सधै झैँ यसपटक पनि GORKHALI BROTHERS ले किम्हेमा डान्स पार्टिको आयोजना गर्ने निर्णय भएको जानकारी गराउदै राजकुमार आले (प्रिन्स) ले सबै नेपाली मनहरुबाट सहयोगको अपेक्षा राख्नु भयो।

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up