“ नतीजा “

“ नतीजा “

 

सहि थियौ या ग़लत थियौ
या मायाको नाटक गर्दै थियौ
वा कसैलाई फसाउदै थियौ
अंधेरी लाई उज्यालो ठान्दै थियौ
या बुझेर बुझपचाउदै थियौ

छलकपट गर्यौ या गरेनौ
आँखामा छारो हाल्यो हालेनौ
आखिरमा झुट छुपाई रह्यौ
तर जे गर्यो गल्ती गर्यौ
कसैको मन तिमीले रुवाई रह्यौ

सँधै सहयोगी बने झै गर्यौ
भित्र भित्रै छुराले रेटी रह्यौ
बाहिर मलम पट्टी गरे झै गर्यौ
खाटों बसेको घाऊ कोट्याई रह्यौ
दुखेर पिडा खपी नसक्नु थियो
अझ सुमसुमाएको नाटक गरी रह्यौ

लक्ष्यमा पुग भनेर भनी रह्यौ
लडाउदै उठाए झै गरी रह्यौ
आत्माप्राण सुम्पे झै गर्यौ
देखावटी माया गरे झै गर्यौ
हारजितको बाजी खेली रह्यौ
अन्जान बनी भित्रभित्रै सुरुंग खन्यौ
त्यहि फसाउन लाई प्रयास गर्यौ

गुणगानको कुरा सुनाए झै गरी रह्यौ
समर्थन छ तिमीलाई भनी रह्यौ
राम्रो बाटो भनी देखाए झै गर्यौ
थाहै नदिई आखिर बन्द गरी दियौ
नजानिदो पाराले खेल खेली रह्यौ
तिमीले हार्यौ या त जित्यौ
तर अफसोच नतिजा आफै लेख्यौ

रोजी लाबुङ (राई )
बुधबारे झापा
नेपाल
हाल – यु के

यी समाचार पनि पढ्नुहोस्
Scroll Up