जनकपुरमा करेन्ट लागेर एकैघरका दाजु-भाइको मृत्यु

२२ जेठ, धनुषा । जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने २६ वर्षका सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजे आफ्नै घरमा विजुलीको मेसिनरी समान मर्मत गरिरहेको बेला करेन्ट लागेपछि दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up