चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् । सत्तारुढ दलले भ्रमण सफल भएको बताइरहँदा अन्य प्रतिपक्ष दलहरुले भने यसमाथि मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up