घट्न थाल्यो ब्याज

काठमाडौं : नेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन्। गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेका हुन्। सानिमा बैंकले शुक्रबारदेखि व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत लगानीमा साढे १० प्रतिशत ब्याज दिने सन्देश आफ्ना ग्राहकलाई पठायो। सन्देशमा भनिएको छ, ‘शुक्रबारबाट लागू हुने गरी बचतको ब्याजदर ७ प्रतिशतमा झारिएको छ।’

संघले बिहीबार व्यक्तिगत मुद्दती निक्षेपमा ११, संस्थागत निक्षेपमा साढे १० र बचतमा ७ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेको थियो। बैंकर्सले ब्याजदरलाई स्थायित्व दिन हाल तोकिएको सीमामाथि नजाने आन्तरिक सहमति गरेका छन्। सहमति सबैजसो वाणिज्य बैंकले पालन गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको ब्याजदर यस अघिनै सीमाभित्रै थियो।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले शुक्रबारदेखि नै ब्याजदर घटाएको बताए। ‘तरलता अभाव पूर्ण रूपमा समाधान भएको होइन’, उनले भने, ‘केही सहज भने भएको छ।’ बैंकसँग अलीअली पैसा छ। असारमा कर्जा प्रवाह कम हुने भएकाले पनि बैंकहरू सहज अवस्थामा पुग्न थालेका छन्।’

निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि बढ्छ। यसले समग्र अर्थतन्त्रलाई असर पार्दै आएको छ। ब्याजदरलाई स्थायित्व दिन यो वर्ष दोस्रोपटक बैंकहरूबीच सहमति भएको हो। ब्याजदर घटाउने सहमतिको सबै बैंकले पालन गरेको नेपाल क्रेडिट एन्ड कमर्स बैंकका डेपुडी प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले जानकारी दिइन्।

‘लगानीयोग्य पुँजी सहज भएकाले नभएर ब्याजदरलाई स्थायित्व दिन यस्तो निर्णयमा पुगेका हौं’, डेपुडी प्रमुख कार्यकारी अधिकृत पाठकले भनिन्,‘गत वर्ष ब्याजदरमा प्रतिस्पर्धा गर्दा यसको असर नाफा र प्रतिसेयर आम्दानीमा पर्‍यो। सोही कारण ग्राहक बैंक तथा लगानीकर्ताको समेत फाइदालाई ध्यानमा राखेर ब्याजदर घटाएको हौ।’

बैंकहरूले यस अघि गरेको भद्र सहमति तोड्दै बीचमा मुद्दती खातामा साढे १३ प्रतिशतसम्म ब्याजदर पुर्‍याएका थिए। पाँच महिनाअघि गरिएको सहमतिमा बैंकर्सले मुद्दतिमा ११ र साधारण बचतमा ८ प्रतिशतभन्दा ब्याज नदिने बताइएको थियो। गत वर्ष ब्याजदर साढे १४ प्रतिशतसम्म पुगेको थियो।

बैंकर्सले गरेको भद्र सहमतिपछि निक्षेपको ब्याज घटाउन थालिएको छ।

केही समयअघि बैंकहरूले सहमतिलाई तोडेर ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले ब्याजदर घटाउन दबाब दिएको थियो। बैंकर्सले लगानीयोग्य पुँजी त्यति सहज नभएको नभएको बताए पनि राष्ट्र बैंकले भने हाल बजारमा करिब ४५ अर्ब अधिक तरलता भएको बताएको छ। वित्तीय बजारमा हाल तरलता फालाफाल भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए। पछिल्लो समय बैंकहरू सहज अवस्थामा छन्’, थापाले भने। बजारमा अधिक तरलता रहेको भन्दै बजारबाट पटकपटक गरी करिब नौ अर्ब रुपैयाँ उठाइएको छ। आइतबार मात्रै राष्ट्र बैंकले बजारबाट तीन प्रतिशत ब्याजमा ५० करोड तरलता प्रशोचन गरेको छ। राष्ट्र बैंकले तीन प्रतिशत ब्याजमा बैंकहरूबाट पैसा उठाएको हो। हाल ब

बंैकहरूको कष्ट अफ फन्ट ६.६ प्रतिशत छ। बैंकले ब्याजदर घटाए पनि औसत आधारदर (वेसरेट) १०.९४ प्रतिशत छ। ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशतभन्दा कम भए बैंकबाट पैसा तान्ने गर्दछ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up