किशोर अवस्थाका अप्ठ्यारा

किशोर अवस्थालाई यौवनावस्था पनि भन्ने गरिन्छ । ६ देखि १९–२० वर्षसम्म कुनै पनि समयमा यौवनावस्थाका लक्षण देखिन सक्छ । किशोर अवस्थामै पुरुषमा सेक्स हर्माेन एन्ड्रोजिन र महिला सेक्स हर्माेन एन्ट्रोजिनजस्ता यौनबद्र्धक हर्मोन उत्पादन हुन्छ । यसले पुरुष र स्त्रीलाई उत्तेजित पार्ने काम गर्छ । यस्तो अवस्थामा विभिन्न समस्या पनि निम्तिन सक्छ ।

मानव जीवनमा दुईपटक तीव्र शारीरिक वृद्धि र परिवर्तन आउने गर्छ । त्यो हो, एउटा गर्भावस्था र अर्काे किशोर अवस्था । किशोर अवस्थामा यौन हर्माेन र ग्रोथ हर्माेनका कारण तीव्र शारीरिक परिवर्तन हुन्छ । यस्तो अवस्थामा पहिलोपटक स्वप्नदोष भएमा निकै चिन्तित र भयभित र केही रोग लाग्छ कि भनी सशंकित हुन सक्छन् ।

स्वप्नदोषपछि किशोर वा किशोरीमा थकित हुने, टाउको दुख्ने, कमजोर महसुस हुने, आलस्य, लज्जाबोध, एकान्तप्रेमी, आँखा जुधाएर कुरा गर्न नसक्नेजस्ता समस्या आउन सक्छ । कतिले यसलाई सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने नबुझेर आत्महत्याको प्रयाससमेत गरेको पाइन्छ ।

यौवनावस्थामा पुगेका युवती पहिलोपटक रजस्वला हुँदा पनि यसरी नै भयभित, चिन्तित हुने गर्छन् । यस्तो वेला सेक्स कन्सस व्यवहार देखाउने, रिसाउने, झर्किने, टाउको, ढाड, पेट दुख्ने, निद्रा नलाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, थकान महसुस गर्ने, मासंपेशी खुम्चिनेजस्ता समस्या देखिन सक्छ । त्यसैले अभिभावकले यस विषयमा पहिले नै परामर्श दिँदा राम्रो हुन्छ ।

यौवनावस्थामा पुगेका युवतीमा मनोवैज्ञानिक असरसमेत पर्न सक्छ । यो उनीहरूको बिरामी परिरहने उमेर पनि हो । पुरुषमा पनि शारीरिक परिवर्तन देखिन्छन् । यस्तो अवस्थामा युवकभन्दा युवतीहरू बढी संवेदनशील हुन्छन् ।

शारीरिक रूपमा चाँडै परिपक्व हुने तर मानसिक रूपमा परिपक्व नहुने, अज्ञान र भ्रमका कारण यो उमेरमा मानिस दुर्घटनामा पर्ने सम्भावना पनि हुन्छ । त्यसैले उनीहरूलाई उमेरजन्य परिवर्तनको शिक्षा दिन आवश्यक हुन्छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up