काश्मिरमा भिडन्त, सुरक्षाकर्मीसहित ६ जना मारिए

श्रीनगर, काश्मीर: भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन् । मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एकजना आमनागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा भएको झडपका क्रममा अरू कैयौँ व्यक्ति घाइते भएका छन् । श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा घटना भएको अधिकरीहरुले बताएका छन् ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकृतले प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको पुष्टी गर्दै आम नागरिक एक जना र चार जना लडाकू मारिएको जानकारी दिए । -सिन्ह्वा

यी समाचार पनि पढ्नुहोस्
Scroll Up