ऐश्वर्या गर्भवती भएपछि निर्देशक डिप्रेसनमा !

२०११ मा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण चर्चित निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको कुरा भारतीय मिडियाले उल्लेख गरेका छन् । ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए ।

ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, तर उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या । निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो ।

जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up