अमेरिकाको एक पत्रिकाको कार्यालयमा गोली चल्याे, ५ जनाकाे मृत्यु

१५ असार, काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् ।क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो ।

संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन । आक्रमण गर्नुको कारण छिट्टै पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up