अफसोच !

हांङ् चेम्जोङ्

 

अफसोच !

सबैको भलो मात्र सोच्दा सोच्दा अरुलाई राम्रो होस् भनेर आफु दोषी बनी अरुलाई बचाउन खोज्दा खोज्दा अरुको प्रगतीमा रमाउदा अरुको खुसीमा खुसी मनाउदा अन्तमा आफै नराम्रो भईदो रहेछ ।
बल्ल बुझें जो संग सम्बन्धित छ उनीहरु ले बुझुन नबुझुन मलाई केहि आपती छैन म मेरो सोच बिचार मेरो बाटो कहिलै पनि मोड्न परिवर्तन गर्न सक्दिन चाहे सहि सोचुन चाहे गलत सबैलाई बुझाउन जरुरी पनि छैन ।
जसले नकारात्मक सोचोस सोची रहोस् जसले सकारात्मक सोचोस् सोचि रहोस् त्यो आफ्नै ठाउमा छ म अडिक छु कसैको भलो हुन्छ भने म किन बास्तबिकतालाई अरुको अगाडी लज्जीत हुने गरी छर्लंग पारी दिई रहनु आख़िर म निर्दोष छु मलाई थाहा छ अरुलाई देखाउन देखावटी निर्दोष बन्न जरुरी पनि छैन ।

बुझेर बुझ पचाउन या नबुझेर रिसाउन सबैलाई स्वतन्त्र छ जसले जुन तरीकाले सोचोस् या बुझोस् त्यो संग मलाई सरोकार छैन म सिर्फ़ सहि बाटो सहि कुरालाई अंगालेर हिडी रहन्छु संसार मा भएको सबैले साथ छोडे पनि माया मारे पनि कुनै आपती छैन तर सबैको साथ र माया पाउनको ख़ातिर ग़लत लाई सहि सहिलाई ग़लत बनाएर सबै संग नजीक हुन जरुरी पनि ठान्दीन ।

( माया ले कायाँ पलाउछ , बिश्वासले जलाउछ ,भरोसाले लडाउछ , अतीतले बगाउछ ,बर्तमानले गलाउछ , भबिस्यले ढलमल गराउछ )

यो कुरा मलाई सानै देखि थाहा थियो ७/८ कक्षामा पढ्दा सोच्ने गर्दथें तर अहिले आएर महसूस गर्दैछु आफुले बचपनमा सोचेको कुराहरु अहिले आभाष पाउदैछु तर पनि केहि छैन जेहुन्छ राम्रो को लागी नै हुन्छ एउटा शिक्षा पाएँ धेरै शिक्षा नपाए पनि जरुरी पनि थियो शिक्षा पाउनलाई कारण यो समाजमा जो निस्वार्थी छ जो निर्दोषी जो सबैको राम्रो चिताउछ जो अरुको दुखमा दुखी हुन्छ त्यो नै सबैको लागी दोषी हुन्छ जो मुखले ठिक्क पारेर ब्यवहारले ठग्छ उनै महान हुन्छ मलाई त कसैको लागी देखावटी महान बनीनु पनि छैन ।

यो सबै थाहा हुँदा हुदै पनि आँखा चिम्लेर बिश्वास गर्नु भरोसा गर्नु मुर्खता हो थाहा थियो पहिलै नसुनेको नबुझेको हैन बुझेकै हो तर अन्त्यमा काया पलाएर नै छोड्यो धोकै भयो घात नै भयो सबै बुझी बुझी बुझपचाउनु को प्रतिफल भनौ या माया र बिश्वासमा फ़ायदा उठाएर चाहिदाको भाँडो नचाहिदाको ठाँडो भन्ने उखान झै भै रहेको छ त्यो पनि सोच्न बुझ्न जरुरी थियो तर अफ़सोच ! त्यति बेला आँखामा हैन मन र सोचमा नै बिर्को लाग्यो तसर्थ कसैको लागी घाटानाफा मा किनबेच कसैको लागी प्रयोग गर्ने साधान बन्यौ ।

अझै पनि साधुवाद दिन्छु मेरो मन त्यति कठोर अनि त्यति बिषालु छैन साथै स्वार्थी पनि जति मौकाको फ़ायदा उठाई रह्रयौ उतीनै मैले मन मनदीरमा स्थान दिई रहें पवित्र सोचेर मलाई थाहा थियो तिम्रो सबै देखावटी झुठो चालहरु तर पनि मैले माया र बिश्वासले जित्न खोजे तर सकिन आखिरमा आफै देखायौ तिम्रो आन्तरिक रुप तिमीले देखाउन पहिलै मैले कसै बाट तिम्रो नाममा सावधानीको संकेत नपाएको पनि कहाँ होर ? अझै पनि साधुवाद छ मेरो मन तोडेर तिमीलाई खुसी मिलेकोमा मेरो बिश्वास र सोझो पनमा रज़ाई गरेकोमा ।

सम्झ या भुल कुनै हिसाब किताब छैन तर मलाई एक एक शब्द अनि ब्यवहार थाहा छ मलाई छलछाल गरेर तिमीले गरेको हरेक प्रश्न र उत्तरको संगालोहरु खेलबाड गरी रहेको थियौ मेरो अन्जान पन माथी पछि बिस्तारै एक पछि अर्कों गर्दै थाहा पाएँ एकाएक रहस्यहरु खुल्दै गयो खुल्दै गयो तर पनि बिवस बने अरुको सामु तिम्रै अस्तित्व माथी खेलबाड नहोस् भनी तर खै सोच्यौ त ?? सुभकामना छ तिमीलाई फेरी पनि

जसले जे सोचोस् जे भनोस् मत्लब नै भएन अरुको नजरमा राम्रो देखिन लाई नाटक गर्न पनि आएन अरुको भलो चिताउदा आफै नराम्रो भईन्छ भन्ने सोच पनि पलाएन गल्ती नै नगरी पगरी पहिरने जमना छ भन्ने आफैमा हेक्का नै रहेन त्यसैले बास्तबिकता लाई नबुझी मान्छेहरु बतासीदो रहेछन थाहा नै भएन थाहा पाएँ जब त्यति बेला अफसोच मन नै मानेन कसैलाई जिताऊँन हराउन खेल खेल्न नै उचित ठानीन ।

रोजी लाबुङ (राई )
बुधबारे
झापा -नेपाल
हाल -युके

यी समाचार पनि पढ्नुहोस्
Scroll Up