” स्वीकार या नकार “

तिमी मेरो चाहा मात्र थिएनौ मेरो मुटुको टुक्रा अनि प्रिय मान्छे थियौ ।तिमी मेरो लागी अति नै महत्वपूर्ण अनि खास पनि थियौ ।तिमी मेरो मनको ज्योति थियौ ।तिमीलाई दुख्ला कि भन्ने ठानेर कति कुरा चाहेर पनि तिमीलाई भन्न सकिन। तसर्थ आफैले आफैलाई दुखाई रहें दुखाई रहे तर आज अचानक मेरो मन भित्रको कुरा तिमी संग भन्न मन लाग्यो ।” तिमी स्वीकार या नकार “
मलाई थाहा छ तिमीले मलाई भुली सक्यो तर मैले भुल्न सकिन कारण तिमीले मलाई बेवास्ता गरेको थियौ तिम्रो ब्यवहार देखावटी थियो ।तर म तिमी लाई नकार्न सक्थे नत मनबाट निकाल्न लाई सोच्न समेत सक्दिन कारण तिमी लाई त मेरो हृदयमा मैले जतन गरेर पहिलै राखी सकेको थिएँ ।तिम्रो लागी म मुल्यहिन थिएँ त्यसैले तिमीले चट्क्कै तिम्रो मनमस्तीस्क बाट मलाई हटाउन सक्यौ तर मैले हटाउन सकिन कारण तिमी मेरो मस्तीस्कको हरेक सोचमा केन्द्रित थियौ ।

तिमीले मलाई लत्याएर कुल्चीदै हिड्यौ तर मैले तिमीलाई लत्याएर हिड्न सकिन कारण तिमी मेरो लागी गन्तब्य थियौ । तिमीले मलाई धुलोको कण सम्झी टकटकायौ तर मैले तिमीलाई त्यसरी ट्कटकाउन सकिन कारण तिमी मेरो लागी सहयात्री थियौ । तिमीले मलाई काँडा सम्झी निकालेर फ्याकयौ तर मैले तिमीलाई फाल्न सकिन कारण तिमी मेरो मनको बगैचाको सुन्दर फुल थियौ । तिमीले मलाई दुरगन्ध ठानी उडाउन बढान्न खोज्यौ तर मैले सकिन मेरो लागी तिमी मिठो बहार थियौ ।
म तिम्रो ख़ातिर अधुरो लक्ष्य थिएँ तिमी मेरो लागी प्राप्ति थियौ तिम्रो लागी म अँधेरी रात थिए तर तिमी मेरो लागी उजेली थियौ । तिम्रो लागी म ढुबी सकेको घाम थिए तिमी मेरो लागी बिहानी थियौं ।म तिम्रो लागी बाधा अड्चन थिएनी है तर तिमी त मेरो लागी बाटो थियौ मेरो रक्षक थियौ ।तिम्रो लागी म कुवाको पानी थिए मेरो लागी तिमी स्वच्छ झरनाकोको पानी थियौ अवश्य पनि खहरेको हैन ।

तिमीले मलाई झुटो माया देखाई रह्यौ झुटो ब्यवहार गरी रह्यौ सबै थाहा हुँदा हुँदै पनि मैले तिमीलाई त्यसो गर्न सकिन कारण तिमी त मेरो लागी सबथोक थियौ । तिम्रो लागी पो म पत्कर थिएँ त ! तिमी त मेरो लागी अजम्बरी फ़ुल थियौ ।मेरो सबै तिमी प्रतिको ब्यवहार साँचों अनि पबित्र थियो तिमी बिश्वास गर नगर तिमी मेरो हृदयको केन्द्र थियौ तिमी मेरो मुटुको ढुकढुकी थियौ तिमी नै मेरो लागी पवित्र मन्दीर थियौ । हरहमेशा केवल म त्यहि मन्दिरको पुजारी बनी तिम्रै वरीपरी रम्न रमाउन चाहान्थे तिम्रै मनको हरीयाली फाँटमा सुन्दर फ़ुल बनी बहार छर्न चहान्थें ।

तर तिमीले त म हुर्कन नपाई फक्रनफुल्न नपाई चट्क्क पारेर टिपेर नै फाली दियौ बिसालु काँडा सोचेर ।तिमीले जब मलाई उखाल्न खोज्दै थियौ मैले भन्न खोजें मलाई तिम्रो नै सुन्दर हरीयालीमा फुल्न देऊ भनेर तर सकिन कारण थाहा थियो तिमीले मलाई जति नै बिन्ती चढ़ाए पनि अवश्य फाल्छौ नै भनेर ।तिमीले जति घृणा गरे पनि तिरस्कार गरे पनि मैले तिम्रो मन जित्न खोजे तिम्रो आफ्नो हुन खोजें तर सबै मेरो योजनाहरु तिमीले लथालिंग भताभुंग बनाई दियौ नत दया राख्यौ नत माया नै राख्यौ हैन ?
त्यो त तिमीलाई पनि त स्पस्ट गरी थाहा छ । जति जति तिमी यो मेरो भावनाहरु पढदै जान्छौ थाहा छ उती उती नै महसूस गर्ने छौ आभाष पाउने छौ । यो पनि मलाई थाहा छ अवश्य तिमीले जिवनको आरोह अवरोहहरुमा मेरो पनि अभाब को महसूस गर्ने नै छौ । तिमीमा सबै कुराको सम्पन्नता छ मलाई त्यो पनि थाहा छ तिमीमा हरेक कुराको भरपुरी छ तर मलाई थाहा छ एक दिन मेरो माया र साथको तिमीलाई आवश्यक पर्ने छ कारण मेरो माया सदासदा तिम्रो लागी चोखो र पबित्र अनि त्यागमा सीमीत रहने छ ।
म मा परीवर्तन छैन जे थिए जो थिएँ पहिले अझै पनि त्यहि छु तिमी जे सोच तर म केवल तिम्रै मायामा तिमै चाहाना मा लिन छु अझै पनि ! त्यसो त उल्टो अर्थ पनि लागाउन सक्छौ तिमी कारण तिमीमा सुल्टो उल्टो सबै खेल्न सक्ने सोच्न सक्ने क्षमता छ मलाई राम्ररी थाहा छ ।त्यहि कारणले त कति सजिलो कति चाँडै मलाई तिरस्कार गर्यौ नि हैन ? मलाई अबिश्वास गरी क्षणीकताको बाटो रोज्यौ अनि उसैमा केन्द्रीत बनी उसैलाई बिश्वास गरी आखिरमा मलाई दोबाटोमा छोड़ी दियौ । तिमी र म मा के नै फ़रक थियो र ?
तिमी पनि म पनि सबै कुरामा बराबरी नै थियौ भौतिक रुपमा शारीरिक रुपमा शैक्षिकरुपमा आर्थिक रुपमा आख़िर सबैमा हैन र ? तर तिमी प्रति को मेरो सोच चाहाना बिचार र म प्रतिको तिम्रो सोच माया चाहाना बिचार चाहि आकाश र पाताल फरक थियौ ।

यसैमा आनन्दीत छु कारण क्षणीक खुसीको लागी म कहिलै पनि देखावटी नाटकी ब्यवहार गरेर नजीक बनाउन चहान्न ।यहि नै स्वीकार्य पनि छ सबै लाई स्वतन्त्रता पनि छ तिमीलाई म दुखाउन चहान्न सदैब तिम्रो खुसी चहान्छु मलाई कसैले जे सोचोस् मलाई कुनै मत्लब पनि छैन तिम्रो ख़ातिर सिर्फ़ तिम्रो खातिर कारण म तिमीलाई धेरै माया गर्छु आफुलाई भन्दा धेरै

तिमी आफै भन अनि मनलाई सोध अनि मलाई जवाफ देऊ है सपनीमा मेरो समीप आएर सुटुक्कै भन ल ।तिमी र म जुनेली रातमा जुनको मधुर किरणमा हातेमालो गर्दै हिडेको याद छ कि छैन ? मेरो मनमन्दिरमा यसरी नै जनम जनम सम्म सजिएर पबित्र सुन्दर फ़ुल बनी बहार छर ल चारैतिर मेरो मनको कुनाकानी । तिम्रै बाटो कुरेर बसी राख्छु है ल नथाकी यात्री बनी । तिम्रै प्रतिक्षामा यो सबै जिवन बिताउने छु ल तिमीलाई केवल मेरो मनमन्दिरको पुजारी ठानी । चाँडै भेट्न आऊँ ल सारा रिसराग क्रोध फाली अनि बन्धन सबैसबै तोडी ।अतितलाई पनि कहिले काँही सम्झने गर है तिम्रो आफ्नै हुँ म भनी यो पढेर मन नदुखाऊ ल यो केवल एउटा खेल हो भनी तिम्रो मन आफै बुझाउ है यो संसार नै एउटा भ्रमको खेती हो भनी त्यहि खेतीमा जलमल गरी बिजन छर्ने हामी सबै नाटकी पात्र हौ भनी ।। स्वीकार गर या नकार म तिम्रै हो या हैन भनी साधुवाद छ तिमीलाई मेरो लाखौ जुनी भरी ।।

रोजी लाबुङ (राई )
बुधबारे -झापा
नेपाल
हाल – यु के

यी समाचार पनि पढ्नुहोस्
Scroll Up