सुर्खेतबाट हुम्लाको लागि उडेको विमान सम्पर्कविहीन

२ जेठ, काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।

विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

सुर्खेतका प्रजिअ कार्कीले अनलाइनखबरसँग भने, ‘विमानस्थल टावरबाट सम्पर्क टुटेको जानकारी मलाई पनि आएको छ, हामीले सूचना संकलन गरेर खोजी शुरु गरेका छौं । सम्भावित जिल्लामा टोली परिचालन गरेका छौं ।’

यी समाचार पनि पढ्नुहोस्
Scroll Up