‘रामकहानी’ को गीत सार्वजनिक, पुजा र आकाशको रोमान्स

बहुप्रतिक्षित फिल्म ‘रामकहानी’ को गीत सार्वजनिक भएको छ । ‘तिम्रो लागी म’ बोलको गीतमा पुजा शर्मा र आकाश श्रेष्ठले रोमान्स गरेका छन् । सुर्दशन थापाद्धारा निर्देशित रामकहानीको यो गीत सन्तपुर बस्तिमा सुट गरिएको छ । गीतमा छायांकन गरिएका दृश्यहरु लाभलाग्दा र आकर्षक छन् । सुगम पोख्रेल र अञ्जु पन्तको आवाजमा रहेको गीतमा शब्द र संगीत अर्जुन पोख्रेलको छ । अर्जुन पोख्रेल उनै संगीतकार हुन् जस्ले यसअघि पुजा अभिनित फिल्म ‘प्रेम गीत’ र ‘म यस्तो गीत गाउँछु’ मा ब्लकबस्टर संगीत दिएका थिए ।

भदौ २२ गते देखि रिलिज हुने फिल्मको यो गीत पुजा शर्माको जन्मदिनको अवसरमा सोमबार रिलिज गरिएको छ । फिल्ममा पुजा र आकाशका साथै केदार घिमिरे माग्ने बुढा, जीतु नेपाल, विल्सन विक्रम राईको पनि मुख्य भूमिका छ । यहि फिल्मका लागि माग्ने बुढाले १० लाख पारिश्रमिक लिएको चर्चा भएको थियो । गीतलाई युट्युबमा बुढासुब्बा डिजिटलले राखेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up