पुरातात्विक सम्पदा मलावर देवि संरक्षणमा स्थानियको सक्रियता ।। विदेशबाट युवाहरुले पठाए लाखौ रकम सहयोग ।।

पुरातात्विक सम्पदा मलावर देवि संरक्षणमा स्थानियको सक्रियता ।। विदेशबाट युवाहरुले पठाए लाखौ रकम सहयोग ।।

 

निर्मल आचार्य / जेठ १६ धर्मिक तथा पुरातात्विक सम्पदा मलावर देवि मन्दिरको संरक्षणमा त्यहाँका स्थानिय जनता लागी परेका छन । रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वार्ड नं ३ मा अवस्थित मलावर देवि मन्दिरको जिर्णोद्दार गरी त्यसको संरक्षणमा त्यस क्षेत्रका युवा तथा अन्य स्थानियवासी सक्रिय भएका हुन । मन्दिर संरक्षणका खातिर यम बहादुर कार्की थापाको अध्यक्षतामा १६ सदस्यिय तदर्थ समिती गठन गरी कार्य थालनी गरीएको छ । पहिलो चरणमा मन्दिरको जग्गा निर्धारण तथा व्यवस्थापन गरी सरसफाई एवं माटो पटाउने कार्य शुरु गरिएको र बर्षायाम पश्चात सत्तल निर्माण एवं बाहिरबाट आउने भक्तजनका लागी व्यवस्थित भवन तथा भण्डार कोठा समेत निर्माण गरिने समितीका अध्यक्ष थापाले जानकारी दिनु भयो । मन्दिर संरक्षणका खातिर देश तथा विदेशमा रहेका युवाहरुद्धारा मलावर देवि संरक्षण अभियान नै शुरु गरी आर्थीक सहयोग संकलन थालिएको छ ।
यसैगरी कोरियामा पनि सामाजिक संजाल समुह युथ एक्टिभ रुद्रपुर(थ्ब्च्) मार्फत प्रमुख अभियानकर्ता दिपक पौडेलको विशेष सक्रियता एवं निर्मल आचार्य लगायत युथ एक्टिभ रुद्रपुर(थ्ब्च्) का अन्य सदस्यहरु समेतको सक्रियतामा रकम संकलन अभियान थालिएको छ । यस अभियानमा कोरियामा रहेका युवाहरुबाट रु.१,७४,१३८।–(एक लाख चौहत्तर हजार एक सय अठतिस) रुपैयाँ संकलन भएको मलावर देवि मन्दिर संरक्षण अभियानका प्रमुख अभियानकर्ता दिपक पौडेलले जानकारी गराउनुभएको छ । साथै हालसम्म उठेको उक्त रकम वैँक मार्फत अध्यक्ष यम बहादुर कार्की थापा लाई हस्तान्तरण गरिएको समेत पौडेलले जानकारी दिनुभयो । त्यस्तै इजरायल तथा भारतमा रहेका युवाहरुबाट समेत रु. ३८,०००।–(अठतिस हजार) रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो ।

प्राचिन तथा पुरातात्विक सम्पदाको रुपमा रहेको मलावर देवि मन्दिर सामाजिक एवं धार्मीक सहिष्णुताको केन्द्रको रुपमा परिचित छ । रुपन्देही र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित मुगल शैलीको मन्दिर कहिले र कसले बनायो भन्ने सत्यतथ्य भने कसैलाई थाहा छैन । सयौँ बर्ष पहिले पहाडबाट बसाई सरी त्यस क्षेत्रमा बसोबास गरेका स्थानियले घना जंगलको बिचमा सो मन्दिर फेला पारेको भन्ने किंवदन्ती रही आएको छ । केहि बर्ष पहिले केही फ्रान्सेली पुरातत्वविदहरुको टोली मन्दिरको बारेमा खोज अनुसन्धानका लागी यहाँ आए पनि ठोस तथ्य भने केही पत्ता लाग्न सकेको छैन, यद्यपी विदेशी खेजकर्ताको चासोका आधारमा यस मन्दिरको पुरातात्विक इतिहास निकै पुरानो र महत्वपुर्ण रहेको अन्दाज गर्न सकिन्छ । किंवदन्तीमा बिभिन्न कुराहरु उल्लेख भएता पनि यस मन्दिरको उत्पत्ति भने अझै बढी रहस्यमयी रहेको छ । यसको संरक्षण एवं सम्वद्र्धनमा सम्बधित निकायको ध्यान पुग्नु पर्ने देखिन्छ । मन्दिरको उचित संरक्षण एवं सम्वद्र्धृन गरी प्रचार प्रसार गर्न सके त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up