चुम्लुङ दक्षिण कोरियाको १८ औं वार्षिकोत्सव सम्पन्न फोटो फिचर सहित

टंकेश लिम्बू/ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गएको आइतवार मे १३ तारिखको दिन आन्सान स्थित थान्वन्गु पार्कमा आफ्नो १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेम्बेको अध्यक्षता र एन् आर् एन् ए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मि गरूङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रिय तथा विभिन्न जातिय संघ सस्थाका प्रतिनिधि, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका सल्लाहाकार र अग्रज व्याक्तिहरूको उपस्थिति रहेको थियो ।औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लागायत अन्य संघ संस्थाका प्रतिनिधिहरू द्वारा एकैसाथ मैन वत्ति वालेर उद्घाटन गरिएको थियो । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष मिराक लिम्वूले स्वागत मन्तव्य मार्फत उपस्थित महानुभावहरूलाइ स्वागत गरेका थिए । कार्यक्रममा चुम्लुङका पुर्व अध्यक्ष भिमराज चेम्जोङ,निवर्तमान अध्यक्ष सन्तोष मादेन लगायत अन्य संघ सस्थाका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोरियमा रहेर कि.या.चु. लाइ सहयोग गर्ने अग्रज व्याक्तित्वहरू,लिम्बू कलाकारहरू,लिम्बू पत्रकारहरू,लिम्बू साहित्यकारहरू लाइ सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेम्बेले आफ्नो महत्वपुर्ण धारणा राख्दै पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गरेको थिए ।

कार्यक्रममा लिम्बू समुदाय संग सम्वन्धित पालाम,हाक्पारे ख्यालि,ढोल नाच,धान नाच नाचेर आफ्नो सँस्कृति झल्काइएको थियो । लिम्बु भाषिक गायक दिवस पयाङगुले अनौपचारिक कार्यक्रमको शुरूवाति चरणमै पालाम गाएर दोस्रो चरणको कार्यक्रम शुरूवात गरेका थिए,त्यस पछि आफ्नो गितहरू पालै पालो एक पछि अर्को गर्दै दर्शकहरू माझ पस्केका थिए ।

नव उदयमान गायक सुदिप सेर्माले हाक्पारे ख्यालि र लिम्बू गित गाएर दर्शकहरूलाइ भरपुर मनोरन्जन दिएका थिए । अर्का गायक अप्सन लिम्बूले पनी भाषिक गित गाएका थिए । त्यसैगरि पाँचथर डान्स स्टार मोहन राइले दर्शक सामु एउटा पृथक र आकर्शक नृत्य प्रस्तुत गरेर दर्शकलाइ थप मनोरन्जन दिलाएका थिए ।

उपस्थित अधिकांश युवाहरू ढाकाको लिम्बू पोषाक तागावा र युवतिहरू ढाकाको लिम्बू पोषाक मेख्लि अनि विभिन्न गर गहनामा सजिएर उपस्थित भएकाथिए ।लिम्बू पोषाक तागावा र मेख्लि प्रदशनले कार्यक्रमको शोभा झनै वढाएको थियो । गैर लिम्बूहरूको पनि बाक्लो उपस्थिति थियो । उपस्थित युवा युवतिहरू प्राय दिनभरिनै तागावा र मेख्लि संग सजिएका युवा युवति हरू संग फोटो खिच्नमै व्यस्त देखिन्थे । कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरू लाइ लिम्वु मौलिक परिकार यागंबेन,फाक्सा,वा:सा,सिजंवा जस्ता परिकारहरूको व्यावस्था आयोजकले गरेको थियो ।

कार्यक्रमको अन्त्यमा चर्चित लोक गायिका सरला राइले किराँत राइ हरूको साकेला गित र पुरानो गित ” मिनि वसमा चढेर जाउला बेलवारि” वोलको गितमा उपस्थित युवा युवतिहरूलाइ छमछमि नचाएका थिए ।पहिलो चरणको औपचारिक कार्यक्रम किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका महासचिव प्रवेश फियाक र दोस्रो चरणको अनौपचारिक कार्यक्रम किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया निवर्तमान महासचिव उत्तम खजुमले संचालन गरेका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up