चितवनको एभरेष्ट पेन्ट उद्योगमा आगलागी, नियन्त्रण प्रयास हुँदै

फाइल तस्बिर

१६ जेठ, चितवन । भरतपुरको एभरेष्ट पेन्ट उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरापलिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे अागाे लागेको हाे । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाटसमेत दमकल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।आगलागीको कारण खुलेको छैन ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up