गायिका शिबा लिम्बुको गीति संग्रह [ शिबा ] बजारमा ल्याएकी छिन्

सुशील ////
बिगत लामो समय देखि ईजरायलाई आफ्नो कर्मथलो बनाउदै आएकी र त्यहाका विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिईसकेकी गायिका शिबा लिम्बूले अन्तत आफ्नो पहिलो गीति संग्रह “शिबा” बजार मा ल्याएकी छिन। गत हप्ता राजधानी मा गायक रमेश रसिक र गीतकार डा. कृष्ण हरि बरालले उक्त एल्बम को बिमोचन गरेका थिए। बिमोचन समारोहमा बोल्दै दुबै हस्तिहरुले गायिका शिबा को गायन अनि लेखन को प्रसङ्सा गरेका थिए। जम्मा 4 ओटा गीतहरु समाबेस गरिएको उक्त एल्बम मा एउटा लिम्बू गीत रहेको छ।
गायन अनि लेखन कौशलता भएकी गायिका शिबाले सानै देखि सङितमा रुचि भए पनि बिबिध कारणहरुले औपचारिक रुपमा संगीत नसिकेको तर भाबी दिनहरुमा सिकेर यसै क्षेत्रमा आवद्ध हुने बताउछिन।
बिमोचन समारोहमा” तिम्रो साथ” बोलको गीतको भिडियो सार्बजनिक गरुएको थियो। भिडियोमा गायक रुकमान लिम्बू र गायिका स्वयम् ले अभिनय गरेका छन

यी समाचार पनि पढ्नुहोस्
Scroll Up