एमटियुले मे २७ मा खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजीको माग गर्दै बृहत र्‍यालि गर्ने ।

एमटियु/मधुसुदन

एमटियुले मे २७ मा खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजीको माग गर्दै बृहत र्‍यालि गर्ने ।
कोरियामा प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न साथै समानताको निमित्त प्रवासी मजदुर स्वयमले गठन गरेको प्रवासी मजदुर संगठन एमटियुले कोरियन सरकारले बनाएको प्रवासी मजदुरको खाने बस्ने खर्च दिनु पर्ने सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने , स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्ने , कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने , कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउने ,काम गर्न पाउने उमेरको हद ४० बर्ष भन्दा बढाउनु पर्ने , कम्पनी परिबर्तन गरेको मजदुरले पनि सिबिटी नदिई आउन पाउनु पर्ने आफ्नो परिवार ल्याउन पाउनु पर्ने ,लामो समयसम्म काम गर्न पाउनु पर्ने लगायतको माग राख्दै मे २७ तारिक आइतबार सउल श्रम बिभाग अगाडी बृहत रेल्लीको आयोजन गर्ने भएकोले सबै प्रवासी मजदुरहरु सहभागी भईदिनु हुन सुचित गरिन्छ ।

स्थान:- सउल श्रम बिभाग अगाडी रेल लाइन न २ उल्चिरो ३ साम गा स्टेशन गेट न १
मिति :- यहि महिना २७ तारिक आइतवार d
समय:- दिउँसो ठिक २ बजे
सम्पर्क :उदय राई .०१० – ५६७५२०११
मधुसुदन ओझा ०१०-३०४६-२९८४

यी समाचार पनि पढ्नुहोस्
Scroll Up