आमा बनिन् निशा अधिकारी

नायिका निशा अधिकारी आमा बनेकी छिन् । उनले फेसबुकमा आफ्नो नवजात शिशु ‘युभन निशारद’को तस्बिर पोस्ट गर्दै छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।

नायिका अधिकारी र क्रिकेटर शरद भेषवाकरको सन्तानका रूपमा युभन निशारद शुक्रबार अमेरिकाको एक अस्पतालमा जन्मिएका हुन् । निशा पहिलोपटक आमा बनेकी हुन् ।

‘परिवारमा नयाँ सदस्य थपिएकोमा निकै खुसी लागेको’ निशाले उल्लेख गरेकी छिन् । निशाले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ रिलिज भएलगत्तै निशा अमेरिका उडेकी थिइन् । यसअघि उनले बढ्दै गएको पेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी थिइन् ।

अमेरिकामा सन्तानलाई जन्म दिएमा उसले त्यहाँको नागरिकता पाउने र त्यही आधारमा पूरै परिवार अमेरिकामा बस्न पाउने व्यवस्थाका कारण निशाले अमेरिका पुगेर सन्तान जन्माएको अड्कल गर्ने धेरै छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up