अशोक दर्जी ‘धन बिनाको मन’ लिएर मलेसिया जाँदै

झापामा घर बनाउन सुरु


भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । यो उनको पहिलो विदेश यात्रा हुनेछ । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियापछि दुवई जाने उनको भनाई छ । दुबईमा २२ तारिखमा कार्यक्रम छ ।

‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’ बुढाथोकीले भने । दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकपि्रय बनिरहेको छ । गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

यसैबीच अशोकको लागि झापामा घर निर्माणको प्रक्रिया पनि अघि बढेको छ । अशोकको परिवारले रोजेको ठाउँमा जग्गा किनेर घर बनाउने काम सुरु भएको पनि बुढाथोकीले जानकारी दिए । उनका अनुसार पाँच लाख रुपैयाँमा जग्गा खरिद गरिएको छ । यो जग्गा दमक नगरपालिका वार्ड नम्बर २ मा रहेको छ ।

जग्गा खरिद र घर निर्माणको सिलसिलामा संगितकार बुढाथोकी यतिबेला झापामै छन् । घर निर्माणको लागि अहिलेसम्म आठ लाख रुपैयाँ जुटिसकेको र सहयोग आउने क्रम जारी रहेको उनको भनाई छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up