अपडेट : सम्पर्कविहीन मकालु एयरको जहाज बाजुरामा भेटियो, दुवै पाइलट सकुशल

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज बाजुरा पुगेको थियो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बाजुरामा भेटिएको जानकारी दिए । नदीको किनारमा आपत्कालिन अवतरण गरेको जानकारी उनले दिए । उनले आपतकालिन अवतरण गरेको जानकारी पाएको बताए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up