मोटोपनबाट बच्नको लागि दैनिक खानुहोस् नास्ता

यदि तपाईहरुका नास्ता नखाने बानी छ भने सावधान रहनुहोला । नास्ता नखानाले वा खान छोड्नाले तपाईको तौल बढ्न सक्छ अथवा भनौँ मोटोपन बढ्न सक्छ । एक अनुसन्धानले नास्ता गर्ने १०.९ प्रतिशत मानिसहरुको तुलनामान नास्ता नगर्ने २६.७ प्रतिशत मानिसहरु मोटोपनको सिकार भईरहेका छन् ।

अमेरिकाकाके मेयो क्लीनिकको अनुसन्धानकर्ता केविन स्मिथका अनुसार कहिलेकाँही नास्ता गर्नु शरीरको मध्यभागको मोटोपन र तौल बढ्नुसँग जोडिएको छ । र कहिलेकाँही यो क्रिया कहिल्यै पनि नास्ता नगर्नेहरुमा स्पस्टै देखिने गर्छ । यसको अलावा जसले कहिल्यै पनि नास्ता गरेका छैनन्, उनले गएका बर्षहरुमा आफैँले वजन बढेको महसुस गरेका छन् ।

यो अनुसन्धानको लागि अनुसन्धान टीमले २००५ देखी २०१७ सम्म ३४७ मानिसहरुको नास्ताको बानीको बारेमा अध्ययन गरेको थियो । यसमा सहभागीहरुको उमेर १८ देखी ८७ बर्ष रहेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up