ब्रजिलः लुलाद्वारा आत्मसमर्पण गर्न अस्वीकार

ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रहरीसमक्ष आफूलाई समर्पण गर्ने म्याद गुजारेका छन्। भ्रष्टाचारको मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएपछि उक्त सजायअघि बढाउन उनलाई तोकिएको म्यादभित्र प्रहरीसमक्ष उपस्थित हुने समयावधि उनले गुमाएका हुन्। लुलाले दक्षिणी ब्रजिलस्थित प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न अस्वीकार गरेका हुन्।

तर उनका वकिलहरूले भने प्रहरीसँग वार्ता गरिरहेका छन्। ब्रजिलका पूर्व राष्ट्रपति लुला दोषी ठहर

सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार उनको घर बाहिर सयौँ समर्थकहरू भेला भएका छन्। लुलाले भने आफूविरुद्धको ठहर राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन्।

समर्थक

आउँदो अक्टोबरमा हुने राष्ट्रपतीय चुनावमा उठ्न नदिने प्रपञ्ज अनुसार आफूविरूद्ध अदालतले ठहर गरेको उनले दाबी गरेका छन्।

उक्त चुनावमा लुलाले जित्ने सम्भावना रहेको मत सर्वेक्षणहरूले देखाएका थिए। अदालतले १२ वर्ष कैद गर्न गरेको ठहरविरूद्ध जेल बाहिरै बस्न पाउने माग गर्दै परेको पुनरावेदन आत्मसमर्पण गर्नुपर्ने केही समयअघि मात्रै उनी हारेका थिए।

बिहीवार उनीविरूद्ध भएको आदेशमा संघीय न्यायाधीश सर्झिउ म्अरूले ७२ वर्षीय लुला शुक्रवार स्थानीय समय अनुसार पाँच बजेअघि नै दक्षिणी शहरको कुरिटिबास्थित प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने थियो।

तर उनले आत्मसमर्पण गर्नुपर्ने समयसीमा सकिएसँगै उनको घर बाहिर सयौँ समर्थकहरूले र्‍याली निकालेका छन्। तीमध्ये केही उनको पक्राउलाई जोगाउनका लागि प्रयास गर्न तयार भएको जस्तो देखिन्थ्यो। बिबिसी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up