बिदाइ ,शुभकामना तथा बनभोज कार्यकर्म सम्पन्न

पोख्रेली साजन,अनलाइन रेडियो गोर्खाली ,दक्षिण कोरिया

।बिदाइ ,शुभकामना तथा बनभोज कार्यकर्म सम्पन्न प्रवासी नेपाली मंच दक्षिण कोरिया गजेदो

क्षेत्रीय कमिटीका अध्यक्ष् शंकर भुसालको अध्यक्षता तथा डेऊ नेपाली ईनचार्ज मेघराज ज्ञावाली

प्रमुख आतिथि एवम् गजेदो कमिटिका सल्लाहकार काशीनाथ गैरे, कुल प्रसाद अधिकारी तथा

सुप्रीम मल्ल को अतिथ्त्यमा सम्पन्न कार्यक्रममा कोरियाको करिब पाच बर्षको कार्य अवधी पूरा

गरि नेपाल फर्किन लाग्नु भएका कमरेडहरु क्रमश: सल्लाहकार तथा निवर्तमान सचिव अमृत

तिवारी एवम् सक्रिय सदस्यहरू राम बहादुर थापा, दीपक भट्टराई, राजन पाठक, भोजराज

बेलबासे र सुर्य कार्की लगायत कमरेडहरुलाई बिदाई गरियो।साथै नेपालीहरुको

नयाँ बर्षलाई स्वागत गर्दै 2075सालको शुभकामना आदानप्रदान,विदाई तथा बनभोज

कार्यक्रम ओक्पो स्थित पिकनिक पार्कमा शुसम्पन्न भयो।उक्त कार्यक्रममा सहभागि

साथीहरूले विदाई हूने कमरेडहरूलाई ऊज्वल भविष्यको कामना गर्दै शूभकामना

दिनुभएको छ। कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका क्षेत्रिय

कमिटि गेदोका अध्यक्ष शंकर भुसालले आफ्नो कोरियाको बसाई अबधी सकेर एवम्

बिभिन्न कारणले कम्पनी परिवर्तन गरि जाने कमरेडहरूलाई उहहरूको आगमी दिनहरू

उन्नतशील, प्रगतसिल बनोस र रजनैतिक सामाजिक जीवन फलदायी बनोस भनी

शुभकामना ब्यक्त गर्नूभएको थियो। कार्यक्रममा गजेदोको कमिटिका उपाध्यक्षहरू

द्वय होम बहादुर नेपाली र कमल मिश्रले स्वागत मन्तब्य राख्नु भएको थियो भने

कार्यक्रम सञ्चालन सचिव हरी सुबेदीले गर्नु भएको थियो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up