तामाको भाँडामा राखेको पानी पिउँदा मुटुरोगबाट बचाउँछ ?

थुप्रै अध्ययनबाट के साबित भएका छन् भने तामाको भाँडामा राखिएको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आयुर्वेदले पनि यस्तो पानी पिउनाले थुप्रै रोगको खतरा कम हुने बताएको छ । तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । हरेक विहान खाली पेट यस्तो पानी पिउने हो भने पर्याप्त लाभ लिन सकिन्छ ।

गर्मी मौसममा तामाको भाँडामा राखिएको पानी पिउँदा अझ बढी फाइदा मिल्ने यसका जानकारहरू बताउँछन् । आयुर्वेदका अनुसार यस्तो पानी तामाको भाँडामा कम्तीमा पनि आठ घन्टा राखिएको हुनुपर्छ, अनि मात्र त्यसबाट फाइदा उठाउन सकिन्छ ।

तामाको भाँडामा राखेको पानी पिउँदा हुने फाइदा

– तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्न पाउँदैन र मुटुरोग हुनबाट बचाउँछ ।

-तौल घटाउँछ । शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ अर्थात् यसले बढी डिटक्स गर्छ । फलस्वरूप तौल बढ्न रोक्छ ।

– जोर्नीको दुखाई कम गर्छ । तामाको भाँडामा राखिएको पानीमा त्यस्तो युरिक एसिड पाइन्छ जसलाई नियमित विहान बेलुका पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ ।

-तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुन पाउँदैन ।

-तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलित पार्छ र थाइराइडको समस्या हुन दिँदैन ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up