जादै जादै तिमिलाइ एउटा प्रश्न

 

कविता
जादै जादै तिमिलाइ एउटा प्रश्न

जायज थिए थिएनन्
तिम्रा मेरा सम्बन्ध हरु
खैर म तिम्रो गहिरो प्रेममा थिए
आज पनि छु र
भोलि पनि भैरहने छु

सर्त हरु कहिले पनि भएनन्
बन्धन हरु पनि
प्रेम सयर हरुमा
त्यो दुई मुटुको यात्रा
चलिरह्यो बेप्रबाह – बेप्रबाह
खुशिको चोमोलुङ्मा छुदै -छुदै
र हामी बाचिरह्यौ
प्रेमको लहर – लहर भएर
किनारामा देख्दादेख्दै कयौ
कण्कट बालुवा र निराशाको थुप्रो हरु….

मरिसकेको मेरो रहर हरुको
आकृती बनाएर
मेरो सपनाहरु फुलाउने प्रीय सखी
तिम्रो हौसला हरुले
केही खुशिको आकार मिल्दा मिल्दै
अपसोचमा छु म
दोबाटोले पुर्णता पाइरहदा
खै कसरी ब्याक्त गरु म
फुल्दा फुल्दै झर्नुको पिडा …
तिम्रो उत्साहले भरिएको जीवन
तिमी संगको हजारौं सपनाहरू
देखिरहने आखाहरु
अचानक धुलमिल धुलिमिल भएपछि …

उसो त गोधुली साझमा
अस्ताउदै गरेको घाम संग
के गुनासो राख्नु…
दिनभरी न्यानो दिएर जाँदै गर्दा
त्यस्तै तिम्रा ती मायाको न्यानोपन भित्र
सुकिला जीवन थुप्रै बाचेको छु
तिम्रो बियोगमा झर्दा- झर्दै
ती आशुहरु मुस्कुराउनु थाल्छ
जब सम्झिन्छ आँखा हरुले
तिमी संगको अतीत ,प्रेमका मलिला माटो
र उर्जाशिल समय……

जादाजादै तिमिलाइ एउटा प्रश्न
के तिमिलाइ पनि मेरो याद आउँछ
जस्तो को मलाई आउँछ
तिमिले देखाएको ती सपनाहरूको
जस्तो कि मिलि मिलि हामिले देखेको
सुमधुर खुशी हरुको
जस्तो कि मैले केही गर्नुपर्छ भनेर
दिरहने हौसला हरुको
जस्तो कि तिमी गर्न सक्छौ भन्ने
उत्साह हरुको

सुमित्रा अश्रुधारा

काठमाडौं

यी समाचार पनि पढ्नुहोस्
Scroll Up