कोरिया, निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ

सुमित्रा अश्रुधारा काठमाडौं

नेपाली गित संगीत लाई न्याया गरिरहने

एउटा निर्देशक हाङ चेम्जोङ

 

यति खेर कोरियाको माहोल हेर्ने हो भने फुलै – फुलले सिंगारेको छ। जताततै प्रकृतिले विभिन्न स्टेट लाई बेहुली जस्तो सिगारेका छन कतै साकुरा फुलेर । फुलहरुको माझ त्यहाको मौसम ले मुस्कुराएको बेला निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ भने स्वारुप राज आचर्यको आवाज मा रहेको फुलको बयान सुनाएर गित लाई सिंगार्न मा ब्यास्त रहे त्यही ब्यस्तताको फल उनिले आज रिलिज गरेका छन। एकदमै मार्मिक र प्रेमाबियोग बोकेको गित लाई निर्देशक ले कोरिया को विभिन्न ठाउँमा सुटिङ गरेर बजारमा ल्याएका हुन। बिदाको समय सोजु मा खर्च नगरी नेपाली गित संगीत लाइ केही योगदान दिन को लागि लागे परेका छन । पछिल्लो समय मा निर्देशनमा ब्यास्त रहेका नेपाली निर्देशक हुन हाङ चेम्जोङ जस्ले प्रदेशमा बसेर पनि दुई दर्जन म्युजिक भिडियो लाई निर्देशन गरिसके ।कोरिया लाई कर्म थलो बनाइ रहेका छन र नेपाली गित संगीत लाई उतिक्कै योगदान दिरहेका छन। नेपाली गित संगीत लाई श्रीवृद्धि दिन लागिपरेका एउटा निर्देशक हुन हाङ चेम्जोङ भन्दा अन्याय नहोला।

चर्चित गायक स्वारुप राज आचार्य को आवाज मा कुसल थलङ को संगीत रहेको यो गित लाई एकदमै प्रखर गितकार तथा कुशल आब्द सिल्पी किरण चेम्जोङले सब्दको प्रारुप मा उतारेका हुन भने कास्ट्मा सान्योक चेम्जोङ मारियम र सुरज तामाङ देखा परेका छन क्यामेरा र एडिटिङ मा बिपि याम्फु राइले भुमिका निभाएका छन भने अनलाइन रेडियो गोर्खालीको साउथ कोरिया को प्रस्तुतिमा संगस नेपाल बाट बजारमा ल्याइएको हो।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up