किरात राई यायोक्खा दक्षिण कोरियले उभौली पर्व मे 6 मा मनाउने।।

Online Radio Gorkhali ,दक्षिण कोरिया

सधै को बर्ष झै एसपाली पनि दक्षिण कोरियामा रहेको राई समुदायाले भब्यता को साथ उभौली सकेला चाड मनाउने भएको छ किरात राई हरुले यो चाड्लाइ आफू हरु भुमी पुत्र भएको ले भुमी र माटो लाई पुज्ने गर्द्छ यो चाड विशेष गरेर वसन्त ऋतुको आगमन संगै बाली लगाउने समय अर्थात् बैशाख पुर्णिमाबाट सुरु भएर महिना दिनसम्म मनाइने उभौली पर्ब समयमै वर्षात होस्, अन्नबाली राम्रो होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोलझ्याम्टाको तालमा नाचेर मनाइने यस पर्व अवधिभरि प्रकृति पुजक किरात-राई समुदायमा घरदेखि गाउँ-टोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइने चलन छ । अन्नबाली छरेको, रोपेको, गोडेको, टिपेको, थन्क्याएको, धागो बाटेको, कपडा बुन्ने चरा चुरुङ्गी नाचेको आदि अभिनय गर्दै नाचिने यस पर्व किराँत समुदायको मौलिक संस्कृतिको रुपमा लिइन्छ। यो पर्व किरात राई समुदायाले आफ्नो सस्कृती लाई जोगाइ राख्न दक्षिण कोरिया मा पनि बर्सेनि मनाउदै गरेको छ उक्त उभौली पर्व भब्य र सभ्य बनाउन दक्षिण कोरिया भरी रहेको राई समुदाय र नेपाली दाजु भाइ दिदी बैनी हरु विभिन्न जातिय क्षेत्रीय संघ सस्था लाई उपस्थिति को लागि आयोजक किरात राई यायोक्खा दक्षिण कोरियाले हार्दिक अनुरोध पनि गर्नु भएको छ।।। स्थान सुङ्गिन ग्रीन पार्क दुङ्देमुन मिति 2018/5/6 तारिख समय दिन को 11 बजे देखि

यी समाचार पनि पढ्नुहोस्
Scroll Up