एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे २ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र त्यसबारे पार्टीलाई औपचारिक जानकारी गराउन बैठक आह्वान गरिएको बताइएको छ ।
प्रधानमन्त्री ओली यही चैत २३ गते दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up