एक साझ जब झरी बर्षिन्छ

 

कविता

एक साझ जब झरी बर्षिन्छ

प्रीय झरी
यस्तरी दर्किएर आयौ तिमी
म फेरि यादहरुका एक लहरमा बगे
बलेशी भएर
साझ ढल्दै गरेको यो प्रहर
अर्को यादको यात्रामा निस्किए म
सायद झरी संग गहिरो कथा हुदो हो…

तिमी र म कतै निस्कनु
बाटोमा बेस्सरि झरी दर्किनु
र म तिम्रो न्यानो अंगालोमा
रुझिरहनु रुझिरहनु…
उस्तै गरि पार्दर्शी पार्दै लैजानु
थोपाहरुले शरीरका लुगा
रै पनि हामी निरन्तर यात्रामा हुनु
छुट्नै लागेको दोबाटोमा रोक्किएर
एक लहर आँखा हरु जुधाउनु
नजिक नजिक सर्दा सर्दै
पर बाट गाडीको हर्न बज्नु
यी र यस्तै कथा हरु हुन सक्छ….

हुनु त झरिले
तिम्रो याद मात्रै बोकेर आउदैन
कयौ नया यामको संभावना
बोकेर बर्सिएको हुन सक्छ
जस्तो कि छाता बिहिन एउटा यात्री संग
कतै बाटो पो एउटै भैदिने होकि???
कहिँ न कहि चंनचल भएर
काउकुती लगाउछ कहिलेकाही त
एउटा प्रेमिला मन लाई
जब बर्षिन्छ बाहिर झरी….

बाहिर बर्षिएको झरिले
पक्कै केही त बताउछ
जस्तो कि मलाई भिजाएर जानू
तिम्रो यादका
गहिरो सागरमा डुबुल्की मार्नु
या त तिमिलाइ बिर्षिएर
अर्को मायाको याम सुरु हुनु हो
जस्तो कि झरी परेपछि
फेरिएको चौर हरियो हुनु…
जस्तो कि भेल हरुले काटेर
केही थान बिरुवा हरु
नस्ट हुनु

एक साझ जब झरी बर्षिन्छ
कि म तिम्रो मायाको यात्रामा निस्कन्छु
सम्झिन्छु तिमिलाइ
र अतित सम्झिएर
फर्किन्छु पुरानो दिनहरुमा
जस्तै लाग्छ तिमी रोयौ
र लिन्छु हात हरुमा थोपाहरु
र सुस्तरी चुम्छु तिम्रै आँसु सम्झिएर
फेरि केही थान आँसु लाई बलिदान दिएर
सायद अर्को याम को पर्खाइमा
अर्को मायाको खेती हाल्न
सुकिएका मायाको बिरुवा हरु
ले मुना फेर्ने अपेक्षामा
अलिकति उत्साह भर्छु
आफैले आफै संग

सुमित्रा अश्रुधारा
काठमाडौ

यी समाचार पनि पढ्नुहोस्
Scroll Up