शरीरमा निस्कने पसिनाको दुर्गन्ध हटाउने घरेलु उपाय

अब गर्मि महिना सुरु हुदै छ, गर्मियाममा मानिसको शरिरवाट पसिना आउनु स्वभाबिक प्रक्रिया हो ।  धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ । पसिनाले शरीरमा छाड्ने दुर्गन्ध पर्फयुमले पनि हटाउन सकिरहेको हुँदैन ।

दुर्गन्ध हटाउने घरेलु उपायहरु :

१. पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्ने ।
२. नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाएर नुहाउने ।
३. बेसनलाई दही मिसाएर बनेको पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउने र १० मिनेटपछि त्यसलाई पखाल्ने ।
४. कागति काटेर काखीमुनी दल्ने ।
५. निमको पातलाई पानीमा उमालेर पानीलाई छान्ने र त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउने ।
६. नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्ने ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up