राताे पासपाेर्ट प्रयोग गर्नेहरूको सूची संशोधन, जिसस संयाेजकले पनि राताे पासपाेर्ट पाउने

सरकारले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अाज बसेकाे मन्त्रिपरिषद्काे बैठकले सूची संशाेधन गरेकाे हाे ।

अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी (राताे पासपाेर्ट) प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराइने भएकाे छ ।

बैठकपछि सूचना तथा सञ्चारराज्यमन्त्री गाेकुल बाँस्काेटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी पाउने, गाउँपालिका अध्यक्षहरूले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।

सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै, गत निर्वाचनका वेला विभिन्न स्थानमा भएका बम विस्फोटका घाइतेहरूको उपचार खर्च व्यहोर्ने निर्णय पनि सरकारले गरेकाे छ । स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत दिइनेछ । साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up