(माफ गर प्रिय् तिमिलाई कहिलै सम्झिन )

(माफ गर प्रिय् तिमिलाई कहिलै सम्झिन )
तिम्रो आखामा मेरो लागी
फिक्का माया देखेको याद आयो

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

मेरो हेराईको अगाडी
तिम्रो नजर झुकेको
मेरो स्पर्शको अगाडी
तिम्रो अदाय झुकेको
मेरो कमलदय मन
तिम्रो कठोर मुटु बिझेको
याद बारम्बार आईरहयो

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

मैले तिमिलाई सारा दुनिया
अगाडी राखे
करोडौंमा मोले
तिम्रो झुटो बचनलाई
न्यानो पनमा राखे
सुस्ताउदै गरेको जिबनमा
फेरि रङ्ग ल्याउने कोशिस गरे
हराईसकेको मुस्कानलाई
फेरि फिर्ता ल्याउने कोशिस गरे
तर तिमिले फेरि आशु ल्याईदेउ
यहि कुरालाई सम्झिरहे

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

आदा रातमा चिच्याएर रोएको
याद गरे
सपनीमा झम्टेको याद गरे
अङ्गालोमा बेरेको याद गरे
आफुमा आफुलाई जलाउनु खोजे
तिम्रो अगाडि सबथोक घुमाएर
नाङ्गिनु खोजे
तर तिम्रो एक नजर झुकाईले
बाम्बार मलाई झस्काई रहयो

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

सबथोक फरक पाएको तिमिमा
मेरो मायालाई जगाउनु
हरपल लागिरहे
तर तिम्रो मत्लबिमा
मेरो माया हरायो
पाउनु भन्दा घुमाउनु डर थियो
तिमिले त्यो पुरा गर्देउ
यहि कुरालाई सम्झिरहे

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

हरेक एक गासको खानाले सम्झ्यो
एक न्यानो कपडाले सम्झ्यो
झर्दै गरेको आसुले प्रश्न माथी प्रश्न गर्दा
बाथरुममा गैइ घन्टौ रोएको सम्झ्यो
हरेक रात तपतप आशुले
शिरानी मैलाउदा
आफुले आफुलाई नै शिरानीले मुख थुन्दा
तिम्रो तिखो बचन सम्झे

तर माफ गर प्रिय्
तिमिलाई कहिलै सम्झिन

तिम्रो कठोरले जिन्दगी उदायो
आफुमा बद्ल्लियो
आजकाल खुसिले छाएको जिन्दगीमा
खासै तिम्रा बचनलाई नि
सम्झने चेस्टा गर्दिन
मेरो चोखो मायाको दुनियाँमा
तिम्रो घृणा अनि यादलाई
हार्दिक श्रद्धाञ्जली ✌

मुना खड्का
हाल ; दक्षिण कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up