मदन भण्डारी गोल्डकपमा एपीएफ र झापा भिड्दै

A football player kicks the ball during the UEFA Champions League football match Lille vs. Copenhagen on August 29, 2012 at the Grand stade in Villeneuve d'Ascq, northern France. AFP PHOTO DENIS CHARLET

११ चैैत, बुटवल । मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ प्रतिस्पर्धा गर्दैछन् ।

बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ । उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं बिजयी हुंदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा संचालित प्रतियोगितामा तीन विभागीय र मलेसियाको हिमालयन फुटवल क्लवसहित १० टिमको सहभागिता छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up