जिम्बावेको बिस्फोटक ब्याटिङ : नेपाललाई ३८१ रनको लक्ष्य

काठमाडौं एकदिवसीय विश्वकप छनौट अन्तरगत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब शुरुवात गरेको नेपालले  ३८१ को लक्ष्य पाएको छ । जिम्बाबेको रन रेट सात दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बावेले ६ विकेटको क्षतिमा ३८० रन बनाएको छ ।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । सन्दीप लामिछाने र ललित राजबंशीले एक-एक विकेट लिए । टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका दुई ओपनर नेपाली बलरमाथि हावी भएका थिए ।

त्यहीँ बेला सन्दीप लामिछानेले खतरनाक देखिएका सेपास झुवाआलाई आउट गरेका थिए।  आउट हुनअघि उनले मात्र २३ बलमा ४१ रन बनाएका थिए । यस क्रममा उनले ४ छक्का र ३ चौका हिर्काएका थिए ।

ह्यामिलटन मसकाड्जा १७ रन बनाएर उनको बलमा कट एण्ड बोल्ड भएका थिए । १५ ओवरको खेल सकिदा तीन विकेटको क्षतिमा जिम्बाब्बेले १२० रन बनाएको छ ।

जिम्बावेले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । आयोजक राष्ट्र जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को सेप्टेम्बरमा आइसिसी एकदिवसीय वरीयताको आठौँ स्थानमा समावेश नभएपछि जिम्बावेसँगै वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु परेको हो ।

नेपालले भने आइसिसी विश्व डिभिजन–२ को उपविजेताका रूपमा प्रतियोगिता खेलिरहेको छ । नेपाल र जिम्बावे समूह ‘बी’मा रहेका छन् ।

नेपाल र जिम्बावे पहिलो पटक आमने सामने भएका हुन् आइसिसीको नजरमा ‘नयाँ अफगानिस्तान’ को उपमा पाएको नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

त्यस्तै, छनोट खेलअघि नेपालले पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै उच्च मनोबलको साथ मैदानमा उत्रनेछ । वर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल भने रद्द भएको थियो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up