गजल

गजल
-निहाङ किराती
१.
जूनको तिमीलाई अनुरोध ताप सहि नबस्नु
बिन्ती गर्छु चर्को घामको राप सहि नबस्नु

जिन्दगीको चौघेरामा उक्लिएको पहाडमाथी
अनाहकमा बाध्यताको चाप सहि नबस्नु

मनको मन्दिर सफा राख्नु भन्छन् पुजारी
अन्याय र विकृतिको छाप सहि नबस्नु

मुन्धुम-कुरान,गीता-बाइबल जे-जे पढेपनि
धर्म बोल्छ अत्याचारको पाप सहि नबस्नु।

२.
ज्वालामुखी जस्तो भइ पहाड फोर्न उठी हेर
माटो ढुंगा थुप्रीएको अक्कर सोर्न उठी हेर

भीरको भित्ता फुटाउन गैती बेल्चा बोकेर
वारीपारी थुम्काबस्ती विकास जोर्न उठी हेर

ब्यूझाएर युवाशक्ति देशको मुहार फेर्नलाई
अग्रगामी युवा सीप, दिमाग चोर्न उठी हेर

चर्किएको माटो, ढुंगा चट्टान फोरी सकेपछि
सुन्दर बस्ती एकताको तस्वीर कोर्न उठी हेर।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up