गजल

गजल
शून्य छ यो शहर वियोगको तुफान चलेपछी
तुफान सँगै प्यारो भावनात्मक घर ढलेपछी

चल्दा चल्दै मेरो धड्कन पनि चुट्दो रै छ
हृदय जलाउने नै आगो अनायासै बलेपछी

मनको बह उडेर त्यो वादल वारिपारि पुग्दा
गन्तव्य भेट्न कति गाह्रो दैवलै नै छलेपछी

वेदनाको चर्को प्रहार सहनलाई कति गाह्रो
मृत्यु बरू सहज लाग्छ जिवनसँग गलेपछी

पल- पल लुकामारी खेल्ने ति मिठा यादहरू
सँगै खरानी हुनेछ जव म चितामा जलेपछी

सयपत्री थुलुङ
संखुवा सभा
हाल: काठमाण्डौ

यी समाचार पनि पढ्नुहोस्
Scroll Up