के हो E7-4 भिसा ? E-9 भिसा भएकाले कसरी पाउन सक्छन् यो भिसा ( प्रक्रिया सहित को भिडियो )

सौल। पछिल्लो समय दक्षिण कोरिया सरकारले E7-4 भिसा प्रणाली ल्याएको छ । E-9 मा रहेका विदेशी कामदारहरूलाई लक्षित गरि ल्याईएको यो भिषा प्रणाली बारे धेरैले चासो र जिज्ञासा राख्नुभएकोले हामीले यो बिषयलाई प्रष्ट पार्ने प्रयास गरेका छौँ ।
कोरियामा लामो समय देखि नेपालीहरूलाई बिभिन्न किसिमले सहयोग गर्दै आउनुभएका र कोरियाको ईमिग्रेशन नियम सम्बन्धी जानकार सन्जय गरूंगका अनुसार पुरी सान्नप,कृर्षी र कम्पनीमा ४ बर्ष भन्दा बढि काम गरेका ई-९ भिसा भएकाहरुले आबेदन दिन सक्नुहुन्छ।
तर यसमा धेरै सर्तहरू रहेका छन् । कोरियन भाषा लेभल ,औपचारिक शिक्षाको तह र उमेरलाई आधार मानेर अंक दिईएको छ । त्यस्तै कोरियाको ईमिग्रेशन नियम तोडेको प्रमाणित भएको खण्डमा अंक घट्ने पनि गुरूंगले बताए। उनका अनुसार कुनै एक क्षेत्रमा कम अंक प्राप्त गरेपनि अन्य क्षेत्रमा बढि अंक प्राप्त गर्न सकिने प्रावधान राखिएकोले यो प्रणालीबाट धेरैले लाभ लिन सक्नेछन्
नयाँ दैनिकी संग कुरा गर्दै उनले यस बर्ष ३ सय जना सम्म विदेशी नागरिकलाई यो भिषा दिने योजना रहेको पनि बताए।
तल हेर्नुहोस् बिस्तृत प्रक्रिया

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up