एकाबिहानै पूर्वका बिभिन्न ठाउँहरूमा बम अातंक : बिप्लबकाे बन्दले जनजिवन प्रभावित

इटहरी । पक्राउ परेका अाफ्ना कार्यकर्ताहरूलार्इ ततकाल  बिना शर्त रिहाइकाे माग गर्दै बिप्लब माअाेवादीले अावहान गरेकाे एक दिने काेशी बन्दकाे दिन पूर्वका बिभिन्न ठाउँहरूमा बम फेला परेका छन् । बन्द अावहान गरेकाे दिन अाइतबार बिहानै सुनसरीकाे धरान , माेरघकाे पथ्री शनिस्चरे र उर्लाबारीमा पनि बम फेला परेकाे हाे । धरानकाे भानुचाेकमा बिहानै शंकासपद बस्तु भेटिएपछि तत्काल प्रहरीले सतर्कता बढाएकाे छ । अहिले साे स्थानमा बाक्लाे शुरक्षाकर्मीपरिचालन गरीएकाे छ ।

नेपाली सेनाकाे बम डिस्टाेपाेजल टाेली घटनास्थल पुगेर साे बस्तुलार्इ डिस्पाेजल बनाउने तयारी गरीरहेकाे इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएकाे छ ।त्यसैगरी माेरङकाे पथरी शनिश्चरे र उर्लाबारीमा पनि अाइतबार बिहानै संकासपद बस्तु फेला परेकाे छ । पथरी शनिश्चरे अन्तरगत महेन्द्र राजमार्गकाे कल्भर्टमा रहेकाे शंकासपद बस्तुलार्इ नेपाली शेनाकाे डिस्पाेजल टाेलीले डिस्पाेज गरीसकेकाे छ ।

बिहान ७ बजे स्थानीयले एक कार्टुनमा खतरा लेखेकाे देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए ।  पक्राउ परेका अाफ्ना कार्यकर्ताहरू रिहाइकाे माग गर्दै अाइतबार काेशी बन्दकाे अावहान गरेकाे बिप्लव समुहले उक्त बम अातंक मच्चाएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

त्यसै गरी माेरङकै उर्लाबारी ३ मा पनि शंकासपद बस्तु फेला परेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएकाे छ । फेला परेकाे बस्तुलार्इ डिस्पाेज गर्ने तयारी भइरहेकाे र नेपाली शेनाकाे डिस्पाेजल टाेली घटनास्थलमा पुगिसकेकाे जानकारी प्राप्त भएकाे छ । यता बिप्लव माअाेवादीले अावहान गरेकाे काेशी बन्दका कारण पुर्वी पहाडी भेग लगायत केही जिल्लाकाे जनजिवन प्रभावित बनेकाे छ ।

बन्दका कारण धरानबाट पूर्व पश्चिम चल्ने सवारी साधन, निजी सवारी साधन, दूधका गाडी चले पनि कोशी पहाडी क्षेत्र चल्ने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । कोशी पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका स्थानका हिडेका यात्रुहरु अहिले भानुचौकमै अलपत्र परेर बसेका छन् ।यता पूर्वका बिभिन्न स्थानहरूमा बम अातंक मच्चीएसंगै प्रदेश नं एककाे प्रहरी कार्यालयले उच्च सतर्ता अपनाएकाे जनाएकाे छ । पूर्वकाे मुख्य शहरहरूमा बाक्लाे प्रहरी तैनाथ गरीएकाे छ । सुनसरीकाे इटहरी , धरान , इनरूवा , माेरङकाे बिराटनगर , उर्लाबारी , पथरी लगायतका शहरहरूमा शसस्त्र प्रहरी , जनपथ र नेपाल प्रहरी परिचालन गरीएकाे जनाएकाे छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up