कोरियामा फेरी एक नेपालीको क्रेनमा चेपिएर निधन

यसैक्रममा हिजो शुक्रबार विहानै कोरियाको बुसानको यांसान स्थित एक फलाम कम्पनीमा कार्यरत काठमाण्डौ गोकर्ण निवासी ४० वर्षिय कृष्ण केसीको औधोगिक दुर्घटनामा परी निधन भएको छ ।

कम्पनीमा विहान काम सुरु गरेकै बेला क्रेनमा चेपिएर घटना स्थलमै निधन भएको ख्यागंसाइ० नाम्दो क्षेत्रका एचआरडी कर्मचारी स्नेह तामाइ०ले बताइन । तीन वर्ष अघि इपिएस मार्फत काम गर्न आएका मृतक केसी शुरुदेखि नै सोही कम्पनीमा काम गर्दै आएका थिए । करिब डेड सय जति कर्मचारी रहेको सो कम्पनीमा १६ जना नेपाली कामदार रहेका छन् ।

अर्को दिशामा काम गरिरहेको केसी बारे थाहा नपाएका कोरियन कर्मचारीले क्रेन चलाउदा मृतक केसी अचानक चेपिन पुगेको घटना स्थलमा अध्यन गर्दा थाहा भएको लामाले बताए । अर्कैको गल्तीका कारण केसीको निधन भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बयान दिएकोले नेपालबाट परिवार आइ क्षतिपुर्तिको माग गर्न सकिने लामाले थपिन ।

घटना बारे नेपाल राजदूताबासलाई जानकारी गराइसकेको लामाले बताइन । केसीको शब हाल नजिकैको अस्पतालमा राखिएको छ । केसी २०१० मा इपिएस मार्फत काम गर्न कोरिया आएपनि एक वर्ष बसेपछि नेपाल फर्केका थिए ।

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up