काडा र तिमी

कबिता

काडा र तिमी

 

सुस्तरी सुमसुम्याउछु

लजालु गुलाबको बोटलाइ

उ सुस्तरी मुस्कुराउछे

र लचकदार भएर मेरै हातमा लम्पसार पर्छे

सुस्तरी काडा तिर इसारा गर्छु म र

आह्वान गर्छु आफ्नो फुलको सुरक्षा गर्न

म जस्तो अरु नहुन सक्छ

जस्ले गुलाब लाइ आफू र काडालाइ तिमी

सम्झिएको होस

उतिकै प्रीय लाग्छ अचेल मलाई

काडा र तिमी

 

बर्षौ देखि यसरी नै

मैले आज सम्म पनि

गुलाबको हत्या कैले गरिन

किनकी त्यो पातमा तिम्रै आखाको चाल

पाउछु

थुङ्गा हरुमा तिम्रै मुटुको आभाष

र काडाहरुमा तिम्रो सुरक्षा मेरै निम्ती

 

सुस्तरी सुमसुम्याउछु

कोमल हातले

मेरो हातको स्पर्शमा

लजाए झै गरेपछि

बोटमा त्यो सुन्दर गुलाब

सुस्तरी छोडिदिन्छु

र हत्केला हरुमा

सबलाएको एउटा प्रेमचित्र

आफ्नै मुटुमा कोर्छु

र सजाउछु मुटुभित्र

अदृश्य चित्र

तिम्लाइ उपहारमा चढाउन

ठ्याक्कै गुलाबकै आकारमा

मलाई गुलाबको हत्या गर्न मन पर्दैन

त्यसैले

 

समुद्र पारी

फुर्सद पनि हुदैन तिमिलाइ

डे हरु सम्झिनलाइ

पसिना बेचेर खुशी पठाउनु छ

आफ्नो प्रीयसिलाइ

समय बेचेर भबिस्य पठाउनु छ

आँसु बेचेर हासो पठाउनु छ

र जिवनको केही हिस्सा बेचेर

फर्की आउनु छ मेरै छेउमा

 

मेरो खुशी देखेर मुस्कुराउने लजालु तिम्रो

आखाहरु पनि अचेल

मधुरो मधुरो हुँदै छ रे

एकान्तमा आशुको भारी बर्षा भएर

कुन्नि गुलाब जस्तै मुस्कुराएको तिम्रो

प्रेमिकाको एउटा तस्बिर

ठम्याउछ ठमयाउदैन मन को आखाले

 

कुनै उत्सब आबस्याक्ता पर्दैन

काडा हरुलाइ फुलसित प्रेम गर्न र

आफ्नो प्रेमिकाको सुरक्षा गर्न

उत्सबको बहानामा यहाँ

थुप्रै फुलहरु लुटिन सक्छ बरु

अति नै प्रीय लाग्छ मलाई काडा र तिमी

 

सुमित्रा अश्रुधारा

काठमाडौं

 

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up