आमाको आलरम

साँझमा उदाएको जुन अस्ताउनु

नपाउदै

पहिलो भालेको डाक बास्नु

अगाबै

झिसमिसेमै उठ्थिन मेरि आमा

पन्चमि र त्रीसालि मेलाहरुमा

धान नाच्दा गाएको पालम गाउदै

पिस्थिन जातोमा आफ्नै दुखहरु

त्यहि जातोको धुन र पालामको

आलरममा

बिउझन्थे म हर बिहान !

गोठको गोरु फुकालेर हिड्दथे

बाको पछिपछि तल गैरि खेततिर

रातमा जुनको आसु चुहिएर

कठ्याङ्ग्रीएको जिव बनस्पतिहरुमा

न्यानो स्पर्स दिन ओर्लदै गर्दा पुर्बि घाम

त्यहि समय डाँडाबाट डोकोभरी मल

मलको माथि मजेत्रोले छोपेको खाजा

बोकेर

दाया हातले कित्लिभरि जाड

बाया हातले निधारको नाम्लो समाएर

झर्थिन् जिवनको ओरालै ओरालो

मेरि आमा !

 

पिलाउथिन् बालाइ डबकाभरी

आफ्नै हातले छानेको अर्गानिक माया

र दिन्थिन् मलाइ थालभरी

आफ्नै सिर फुल जस्तो पहेलो चाम्रे

सम्झनाको तलाउमा डुब्दा मेरो जिवनकै

यादगर पलहरु आहा त्यो समय !

 

क्रमस

क्रमस

समयको तुफानि बेगले उडाएर

यो समय कता पुर्याएको छ

कता हामिलाइ

तुर्लुङ्ग झुन्डिएर आकाशमा

हर रात नजर जुधाउनु हुन्छ बा

भुतको घर झै सुनसान घरमा

एक्लै बुढि भुत बनेर

काट्नु हुन्छ आमा अत्यासलाग्दो समय

र सोध्नुहुन्छ प्रत्येक प्रदेसिलाइ मेरो खबर

उसैगरि उदास बनेर चुहाउनुहुन्छ

सुक्दै गएको आँखाबाट तप्प तप्प आशु

म भने यो रोबर्टको देशमा हर रात

यस्तै सोचेर आखा चिम्लिन्छु

पक्का भोलि बिहान बिउझनेछु

आमाको जातोको धुन र

पालमको आलरम सँगै !

समाप्त

डम्बर सुब्बा,झापा

हाल द.कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up