सुनको भाउ बढ्यो, हेर्नुहोस् आजको मुल्य

काठमाडौ : बिहीबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। सुन आज प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up