ट्रम्प टावरमा आगलागी

न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ।आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएको विभागले बताएको छ ।स्थानीय समयअनुसार बिहान ७ बजे भवनमा तैनाथ गुप्तचर सेवाका सदस्यले न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्निनियन्त्रण विभागमा जानकारी गराइएको थियो । […]

Read More
कालोपत्रे नगरी नै बजेट स्वाहा

काठमाडौं – दिनहुँ सयौं पर्यटक ओहोरदोहोर गर्ने सडकको अवस्था हिजोआज हेरिनसक्नु छ । कमलविनायकस्थित भत्केको पाटीदेखि नगरकोटसम्म करिब १८ किलोमिटर सडक निर्माणमा तदारुकता नदेखाउँदा सडक नाजुक बनको छ । खाल्डैखाल्डा परेको साघुँरो सडक भएर नगरकोट नपुगुञ्जेल यात्रु र चालक त्रसित हुन्छन् । ‘ज्यान हत्केलामा राखेर गाडी हाँक्नुपरेको छ,’ कमलविनायक–नगरकोट सडकखण्डमा बस चलाउँदै आएका चालक निरोज लामाले […]

Read More
‘संघीयता मास्ने षड्यन्त्र’

राजविराज- शीतलहरले चिसिएको मध्य तराई÷मधेस प्रदेश राजधानी कहाँ राख्ने, मुख्यमन्त्री को बन्नेलगायत राजनीतिक मुद्दाको बहसले भने तातेको छ । प्रदेश राजधानी कहाँ तोक्ने भन्ने विषयमा राजनीतिक दलबीच नै एकमत देखिँदैन भने  सरकार पनि अन्योलमै छ । राजधानीको विषयमा फेसबुकलगायत समाजिक सञ्चालमा आएका प्रतिक्रियाका आधारमा सरकारले विज्ञप्ति नै जारी गरेर अझै नतोकिएको भनी स्पष्टीकरण दिनुपरेको छ । […]

Read More
सडक मर्मतको अर्बाैं रुपैयाँ अर्कै शीर्षकमा खर्च

काठमाडौं- सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बाैं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मत सम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ । सडक बोर्ड नेपालका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा यातायात व्यवस्था विभाग र नेपाल आयल निगमबाट सडक मर्मत […]

Read More
हिरासतमै अनशन निरन्तरता

काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रहरी हिरासतमैै अनशनलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर सोमबार १४औं अनशन थालेका केसीलाई त्यसको केही घन्टामै अदालतको अपहेलना आरोपमा गिरफ्तार गरिएको थियो । आदेशअनुसार प्रहरीले मंगलबार बिहान केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराए पनि बयान नसकिएको भन्दै हिरासतमा राखिएको छ । केसीले माग […]

Read More
राशिफल वि.सं. २०७४ पौष २६ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ […]

Read More
एमाले–माओवादी एकताः अझै पुगेन 'गृहकार्य', अझै बनेन नयाँ कार्यदल

काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय र प्रदेश सभा गठनका लागि कार्यदल बनाएको छ । दुई दलबीचको एकता संयोजन समिति बैठकमा तीनवटा एजेन्डामा छलफल भए पनि प्रदेश सभा गठन, मूख्यमन्त्री छनोट र प्रदेश सरकार निर्माणका लागि दुई दलका नेता सम्मिलित कार्यदल बनाउने निर्णय गरेको हो । तर, पार्टी एकताका लागि […]

Read More
गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री देखि पूर्वमन्त्री सम्म सडकमा

२५ पुस, काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ […]

Read More
अदालतको अपहेलनामा डा. केसी गिरफतार

काठमाडौं : अदालतको अवहेलना मुद्दामा बयानका लागि डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको छ। केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा पेश गर्न सर्वोच्चले सोमबार आदेश दिएको थियो। न्यायालयको जनआस्थामाथि खलल पुर्‍याएको अभियोगमा सर्वोच्च अदालतले सोमबार प्रा.डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी गरेपछि प्रहरीले केसीलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार लगिएको थियो। केसी पक्राउको विरोधमा […]

Read More
निर्माणधीन झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि […]

Read More