दक्षिण कोरियामा ‘दिपावली साँझ’ हुने

कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रमको पोस्टर सार्वजनिक भएको छ । आइतबार बुसानमा भएको पत्रकार सम्मेलनमा पोष्टर सार्वजनिक गर्दै कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न र गराउनको लागि आयोजकलाई सफलताको शुभकामना व्यक्त गर्दै एनसिसि, एनआरएन, किरात राई यायोख्खालागयतका बुसानका अन्य संघसंस्थाका उपस्थित प्रतिनिधिहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग र समर्थन गर्ने बताए । अक्टोबर ३ तारिख बुसानको मिन्जु खोङवनको हलमा दिनको १२ बजे सुरु हुने उक्त दिपावली साँझ कार्यक्रम सफल पार्नको लागि आर्थिक तथा भौतिक रुपमा बुसानक्षेत्रमा भएका हरेक संघसंस्थाहरुले सहयोग गरेको महासचिब दोस्तीहाङ राईले बताए ।

उनले भने, ‘कार्यक्रम सफल हुनेमा हामी ढुक्क छौं । किनकी हामीले तपाइहरुको साथ र सहयोग पाएका छौं र पाउने छौं ।’ ‘सामाजिक सद्धभाव र वृहत नेपाली एकता आजको आवश्यकता’ भन्ने नाराका साथ आपतकालिन राहत कोष स्थापनार्थ आयोजित उक्त कार्यक्रममा नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा चर्चित गायिका मेलिना राई, मोडल तथा नायिका एलिसा राई, गायक ताराप्रसाद लिम्बू, राजेश पूमा राई, बबिना किराती, एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up