एक हुल हावाहरु आउँछ एक हुल हावाहरु

कबिता

एक हुल हावाहरु

आउँछ एक हुल हावाहरु

र जाना जान सुमसुम्याउछ

बेप्रबाह कुमारी कपाल

पातर हावाहरु!!!!

 

जति जति हल्लाउछ बतास केस

मुटुको कुनै कुनामा

यस्तरी छुन्छ मलाई

तिम्रो यादको एक झोक्काले

कास म तिम्रो र तिमी मेरो

मिलन सम्भव भए ।।।।।

 

भुलिजानेहरुकै याद बेशी

छोडिजानेकै माया धेर

र नपाउने कुराको मोह

फेरि पनि फर्काएर ल्याउन सके

बगि गएको ओरालोको पानी जस्तो

तिम्रो मधुरो यादहरु।।।।।

 

कयौ पल्ट म तिम्रो यादबाट

करोडौं माइल पर पुगिसकेको हुन्छु

तर फेरि एक बतासकै एक हुल काफी हुन्छ

शून्य माइलमा ल्याएर छोडिदिन

र बेप्रबाह गरि हिडिजान्छ अनि

र म तड्पिरहन्छु पानी बिनाको माछा जस्तो

तिम्रो यादको मरुभुमिमा

खै कुन्नि तिमी कुन रुमानी सपनाहरू मा

छौ???

 

बदल्दै गर्दा दिनहरुले आफ्नो रंग

म पनि बदलिन चाहान्छु

र फिक्का फिक्का हुन चाहान्छु

भो अब मलाई रंगिन सपनाहरू देख्ने रहर

छैन

आज सम्म रुवाएका छ्न हरेक मेरा

सपनाको चाङ्ग हरुले

अधेरी बस्तिहरुमा

र सुस्ताएका छन खुशिहरु

सायद तिमी मै सुरुवात अनि अन्त्य भएछ

एक अंगालो रंगिन खुशिको किरण हरु

 

सुमित्रा अश्रुधारा

काठमाडौं

यी समाचार पनि पढ्नुहोस्
Scroll Up