सिरहाको गोबजार र मिर्चैया नगारपालिकामा माओवादीको अग्रता

सिरहा–सिरहाको गोलबजार र मिर्चैया नगारपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।  गोलबजार नपामा ४४८ मत गन्दा नेकपा माओवादी केन्द्रका मेयरले १५२ र उपमेयरले १४८ मत प्राप्त गरेको छ । नेकपा एमालेका मेयर र उपमेयरले क्रमशः ८९ र ८६, मत प्राप्त गरेका छन् । काग्रेका मेयरले ८७ र उपमेयरले ९४ मत प्राप्त गरेका छन् । संघिय समाजवादी फोरमले भने ५८ र ५९ मत प्राप्त गरेको छ । जसमध्ये १५ मत बदर भएको छ ।

मिर्चैया नगारपालीकामा चार सय मत खसेको मध्ये नेकपा माओवादी केन्द्रलका मेयरले १९३, नेकपा एमालेले ८३ र नेपाली कागे्रसले ४७ मत प्राप्त  गरेका छन् ।  औरही गाउँपालीकामा ६०५ मत गन्दा नेपाली काग्रेसका मेयर र उपमेयरले ११०÷१३३, नेकपा एमालेले ३९÷४३, नेकपा माओवादी केन्द्र १४३ /१४१ र संघिय समाजवादी फोरमले २६७÷२४५ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको जनाएको छ ।

त्यसैगरी लहान नगरपालीकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवारले ५६६, नेकपा एमालेले ५०६, संघिय समाजवादी फोरमले ५६७ र राप्रपा नेपाल (गाई) ले ५३७ मत प्राप्त गरेका छन् । लहान ९ बजेसम्मको मत परिणाम अनुसार संघिय समाजवादी फेरम अगाडी देखिएको छ ।
निर्वाचन कार्यालयले सिरहामा मत गणगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको छ । मत गणणालाई सुरक्ष्निात बनाउन डोरी तथा भाटाका बारहरु बनाएर कर्मचारी एकातर्फ र दलिय प्रतिनीधी अर्को तर्फ बसेर मत गन्नेकाम भईरहेको प्रमुख निर्वाचन अधिकृत अमृत बहादुर वस्नेतले बताए ।

यता सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । पछिल्लो जानकारीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानल विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।

उनको प्रतिद्धन्द्धी नेकपा एमाले रहेको जनाइएको छ ।     कर्जन्हा नगरपालीकामा पनि नेकपा माओवादीको अग्रता रहेको जनाएपनि मत परिणा सार्वजनिक भएको छैन । यस्तै लहान नगारपालीकाको २ नम्वर वडामा नेपाली काग्रेसका वडाअध्यक्ष उम्मेदवार सियाराम यादव  २९९मतका साथ विजयी भए । रातोपाटी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up