सिंगापुरलार्इ हराउँदै नेपाल बन्यो समूह विजेता

एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा बिहीबार विहान सम्पन्न खेलमा नेपालले सिंगापुरलार्इ ७ विकेटले हराएको हो। नेपाल तीन वटै खेल जित्दै समुह विजेता बनेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यानहरु नेपाली बलरका सामू निरिह सावित भए। सिंगापुर २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो। सिंगापुरको ब्याटिङ धराशयी बनाउन पवन सर्राफले ६ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए।

किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।सिंगापुरका लागि सिद्धान्तले सर्वाधिक २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लागि सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए।        अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up